काठमाडौं - उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

उच्च अदालत पाटनका न्यायाधीश कृपासुर कार्कीको एक इजलासले सोमबार अर्को छलफल भएर आदेश नआउँदासम्मका लागि एन्फाको निर्वाचनका कुनै पनि गतिविधि अगाडि नबढाउन आदेश गरेको हो ।

उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । निर्वाचनका लागि एन्फाले निर्वाचन तालिकासमेत सार्वजनिक गरिसकेको थियो ।