काठमाडौं - कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीद्वयसँग वार्ता गर्ने बताएका छन्। पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति देउवाले आजै महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापासँग छलफल गर्ने जानकारी दिए ।
सभापति निवासमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।भृकुटीमण्डपमा आइतबारदेखि महामन्त्रीद्वयको अगुवाइमा भएको विशेष महाधिवेशनमा सोमबार बन्दसत्र चलिरहँदा सभापति देउवाले आफूनिकट नेताहरुसँग छलफल गरेका हुन्।


0 comment