काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको उद्घाटन पार्टी सभापतिले नै गरेको हेर्न चाहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मा मिलेर गर्नुपर्दा खुसी नलागेको बताए ।
थापाले भने, ‘त्यो उद्घाटन आज हाम्रो पार्टी सभापतिले गरेको हेर्न चाहन्थ्यौं ।’

महामन्त्री थापाले कांग्रेस लास र दासहरूको पार्टी नभएको दाबी गरे ।  महामन्त्री थापाले भने, ‘कांग्रेस जिउँदो मानिसहरूको पार्टी हो । यहाँ प्रश्न मरेको छैन ।’ 

उनले कांग्रेस कुनै 'बा'हरूको पनि पार्टी नभएको भन्दै कार्यकर्ताहरूको प्रयासले ज्युँदो कांग्रेस राख्ने प्रयास गरेको बताए ।  साथै, उनले बाहिर देखिएजस्तो कांग्रेसमा भित्र झगडा नभएर विचारको संघर्ष रहेको बताए ।