काठमाडौं - कुलमान घिसिङ उज्यालो नेपाल पार्टी उनेपाको अध्यक्ष नियुक्त भएका छन् ।

आज बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष नियुक्त गरेको हो ।

कुलमान उनेपाको अध्यक्ष नियुक्त भएको औपचारिक घोषणा भने आज साँझ पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न लागिएको छ ।

यसअघि पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकता गर्ने सम्झौता भएको थियो ।

दुई पार्टीबीच  कुरा नमिलेपछि अब दुवै पार्टी अलग अलग चुनावमा जाने पनि बताएका छन्।