काठमाडौं - नेपाली कांग्रेसको संस्थापन पक्षको भेला काठमाडौंमा सुरु भएको छ।
भेलामा पार्टीका वरिष्ठ नेता कृष्ण सिटौला, बालकृष्ण खाण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाइँ, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, गणेश लामा, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल र मदन कृष्ण श्रेष्ठलगायत नेताहरू सहभागी छन्। यसअघि आज बिहान मात्रै संस्थापन पक्षीय २५ जना केन्द्रीय सदस्यहरूको छुट्टै भेला बसेको थियो।
उक्त भेलामा सहभागी केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनको माग गरेका प्रतिनिधिहरूको मतको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। साथै, संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल गरिएको छ।
छलफलपछि केन्द्रीय सदस्यहरूले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको मागलाई गम्भीरतापूर्वक लिँदै पार्टीभित्र सहमति र एकताको आधारमा समाधान खोज्न नेतृत्वलाई आग्रह गरेका छन्।



0 comment