काठमाडौं - राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस,नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा नेपालबिच तालमेल हुने भएको छ ।
कांग्रेसले ९,एमालेले ८ र जसपा नेपालले १ सिट लिने सहमति बनेको एक नेताले जानकारी दिए । क्लस्टर पनि टुंगिएको बताईएको छ ।
जसपा नेपालबाट महन्थ ठाकुरलाई उम्मेदवार बनाउने पनि टुंगिएको नेताहरूले बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी नेकपा सहित तालमेल हुने प्रयास भनिए पनि तालमेल हुन सकेन । यससँगै नेकपा तालमेलबाट बाहिरिएको छ ।
नेकपाले कांग्रेस र एमालेले ४ सीट नदिएपछि राष्ट्रिय सभा निर्वाचनमा एक्लै आफ्ना उम्मेदवार खडा गर्ने भएको छ ।
एमाले र कांग्रेसले नेकपालाई ३ सीट दिएर समेट्ने प्रस्ताव गरेका थिए । तर आफ्नो मतभार बमोजिम नेकपाले कम्तिमा चार सीट दावी गरेको थियो ।


0 comment