काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार र विदेशी शक्ति चुनाव सार्ने षड्यन्त्र लागिरहेको आरोप लगाएका छन्। मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।
वर्तमान राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै अध्यक्ष ओलीले भने, ‘चुनाव सार्ने षड्यन्त्र भइरहेको छ’, उनले भने , ‘तत्काल निर्वाचन हुने वातावरण अझै बनिसकेको छैन ।’
प्रमुख दल कांग्रेस र एमाले चुनावका लागि तयार देखिएपछि षडयन्त्र सुरु भएको उनको भनाइ थियो । नयाँ दलहरु मिल्न थालेपछि एमाले र कांग्रेस पनि चुनावी तालमेलका लागि नजिकिँदै गएका छन् । यसर्थ सरकार र केही विदेशी शक्तिहरू निर्वाचनलाई सार्ने षड्यन्त्र लागेको उनको दाबी थियो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे बैठकमा छलफल भएको छ ।


0 comment