काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहसहित २६ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ ।

बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आईतबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको नेता मनिष झाले जानकारी दिए । आजको बैठकमा थपिएका सात जना केन्द्रीयसमेत सहभागी थिए ।

रास्वपा र काठमाडौँ महानगरपालिका प्रमुख साहबीच सहकार्य गर्ने सम्बन्धी सम्झौता यसअघि नै भइसकेको छ ।

रास्वपा र उज्यालो नेपाल पार्टीबीच पनि पार्टी एकतासम्बन्धी सम्झौता भइसकेको छ ।