काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारीको संख्या बढाएको छ ।  केन्द्रीय कार्यालय वनस्थलीमा आज बसेको केन्द्रीय समितिको बैठकले  ४ पदाधिकारी  थपेको छ। जसअनुसार उपसभापति १, महामन्त्री १, सहमहामन्त्री १ र सहप्रवक्ता १ थप्ने निर्णय गरेको हो।  

 ४ पदाधिकारी थपिएसँगै रास्वपा पदाधिकारीको संख्या कम्तिमा १४ सदस्यीय हुनेछ। यसअघि रास्वपामा सभापति, २ उपसभापति, महामन्त्री, सहमहामन्त्री ३, कोषाध्यक्ष १ र २ सहप्रवक्ता थिए।

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह र कुलमान घिसिङको पार्टी उज्यालो नेपालसँग एकताको सहमतिपछि रास्वपाले पदाधिकारी थप्ने निर्णय गरेको हो।