काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको मिति फेरि सरेको छ । अब चुनावपछि आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ।
शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशन वैशाख २८-३१ गतेसम्म गर्ने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको प्रस्ताव पारित पारित भएको छ ।
यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले पुस २६-२८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयअनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेको छ ।
महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन पुसभित्रै गर्नुपर्ने अडानमा छन् ।
विशेष महाधिवेशन पक्षधरहरूले पुस २७ र २८ गते विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा हल समेत बुक गरिसकेका छन्।
यस्तो छ नयाँ तालिका :
१.चैत २१ – वडा अधिवेशन
२.चैत २५- गाउँ/नगर अधिवेशन
३.चैत २८ – प्रदेश सभा क्षेत्रीय अधिवेशन
४.वैशाख २ – प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको जिल्लाको जिल्ला अधिवेशन
५.वैशाख ५ – दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र रहेको जिल्ला अधिवेशन
६.वैशाख १०, ११ र १२ – प्रदेश अधिवेशन
७.वैशाख २८, २९, ३० र ३१- केन्द्रीय अधिवेशन


0 comment