काठमाडौं - परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले आज दिउँसो राष्ट्रपति भवन सितलनिवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट  पदमा पद तथा गोपनीयताको शपथ लिए। 

प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाका पूर्वरथी शर्मालाई परराष्ट्रमन्त्री बनाएर मन्त्रिपरिषद विस्तार गरेकी हुन्। शर्मा थपिएसँगै प्रधानमन्त्री  सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् पाँचौं पटक विस्तार भएको छ, भने मन्त्रिपरिषद्को संख्या पनि १५ पुगेको छ ।