काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । सरकारी राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले शुक्रबार दाहाललाई भेटेका हुन् ।
भेटमा आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी, निर्वाचन वातावरण निर्माण र प्रमुख दलहरूबीच सहमति कायम गर्ने विषयमा कुराकानी भएको छ । यसअघि मन्त्री खरेलले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए । प्रतिनिधि सभा निर्वाचन गर्ने तयारी गरिरहेका बेला भएको भेटघाटलाई राजनीतिक दलहरूबीच सहमति खोज्ने प्रयासका रूपमा हेरिएको छ ।


0 comment