जय मातृभूमि पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै प्रतिनिधिसभा समानुपातिक तथा प्रत्यक्ष तर्फका उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। सो प्रक्रिया प्रभावकारी र व्यवस्थित रूपमा अगाडि बढाउन बैठकले प्रदेशगत जिम्मेवारी तोक्ने निर्णय गरेको हो।
निर्णयअनुसार, कोशी प्रदेशमा वरिष्ठ नेता क्याप्टेन के.बी. लिम्बु तथा पार्टी उपाध्यक्ष एवं पूर्व डीआईजी उत्तम कुमार कार्की, मधेश प्रदेशमा पार्टी उपाध्यक्ष राजकुमार यादव र केन्द्रीय सदस्य कामेश्वर यादव, बागमती प्रदेशमा पार्टी अध्यक्ष तथा पूर्व उपरथी सुरेश कुमार कार्की, सहअध्यक्ष रामशरण पाण्डे, कोषाध्यक्ष आनन्द सिंखडा र सचिव चन्द्रा कुमारी गुरुङ, गण्डकी प्रदेशमा पार्टी प्रथम उपाध्यक्ष धनबहादुर थापा, उपाध्यक्ष तथा पूर्व डीआईजी कविन्द्रमान श्रेष्ठ र पदम गुरुङ, लुम्बिनी प्रदेशमा वरिष्ठ उपाध्यक्ष रोमलाल गिरी, सचिव भानुबहादुर केसी र प्रवक्ता डा. खेमबहादुर क्षेत्री, कर्णाली प्रदेशमा केन्द्रीय सदस्य पदमसिंह आचार्य र सुदूरपश्चिम प्रदेशमा पार्टी उपमहासचिव लक्ष्मी दत्त भट्ट, गजेन्द्र बहादुर थापा र गौरव जोशीलाई जिम्मेवारी तोकिएको छ।
बैठकले पार्टीको राष्ट्रीयता, नागरिकतन्त्र, सुशासन, समृद्धि र नेपालवादको मूल एजेन्डालाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउँदै योग्य, इमानदार र जनविश्वास प्राप्त उम्मेदवार चयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, बदलिँदो राजनीतिक परिस्थिति र जनचाहनाअनुसार रणनीति परिमार्जन गर्दै पार्टीलाई सशक्त ढंगले अगाडि बढाउने निर्णयसमेत बैठकले गरेको छ।


3 comments
Laxmi Datt Bhatt मंगलबार, ८ पुस, २०८२
Nice
Ishwor parajuli मंगलबार, ८ पुस, २०८२
Udaypur katari
Gajendra Thapa बुधबार, ९ पुस, २०८२
अति राम्रो