काठमाडौं — पार्टी सभापति रवि लामिछानेको अनुपस्थितिमा कार्यवाहक सभापतिले पार्टीलाई संगठित र अनुशासित रुपमा सम्हाल्नु भएकोमा वहाँको नेतृत्व क्षमाताको प्रशंसा गर्दै उहाँप्रति कृतज्ञता व्यक्त गर्नुभयो । पार्टीका विभिन्न तहमा तप्कामा रही आफ्नो जिम्मेवारी पूरा गर्नुभएकोमा सबैप्रति आभार व्यक्त गर्नुभयो र धन्यवाद ज्ञापन पनि दिनुभयो ।
हामी अहिले उत्साहित हुन सक्छौं तर उत्सव मनाउने बेला होइन । अझै धेरै सङ्घर्ष बाँकी छ र धेरै जिम्मेवारी बाँकी छ“ भनेर पार्टीको विभिन्न जिम्मेवारीमा रहनुभएका सबैलाई संयमित र अनुशासित हुन अनुरोध गर्नुभयो ।
उहाँले भावुक भएर एउटा प्रसङ्गको चर्चा गर्नुभयो । एकपटक पार्टी कार्यवाहक सभापति डीपी अर्याल उहाँलाई भेट्न नख्खु कारागार पुग्नुभएको थियो ।
कार्यवाहक सभापति डीपी अरियालले सभापति रवि लामिछानेलाई भन्नुभयो “पार्टीको नेतृत्व कार्यवाहक दिएको जस्तै कारागारको बसाई पनि कार्यवाहकलाई दिन मिल्दैन?“ “मिल्छ भने तपाईंको भागमा म भित्र बस्न तयार छु । देशलाई अहिले तपाईंको खाँचो छ । तपाईं बाहिर जानुस“ त्यस्तो गर्न पाए म तयार छु“ भन्नुभएको थियो ।

0 comment