काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत बुटवल इजलासले आदेश गरेको छ । अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले उक्त आदेश गरेको हो ।

उच्चले बिगो बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी माग गरेको छ । उच्चले धरौटी माग गरेको रकम बुझाएर उनी थुनामुक्त हुने तयारीमा छन् । रवि अहिले नख्खु कारागारमा छन् ।