काठमाडौं - नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुस्न्धान आयोगले चालिसेविरुद्ध आइतबार विशेष अदातलमा मुद्दा दायर गरेको हो ।  तत्कालिन अर्थसमितका सभापति समेत रहेका चालिसेविरुद्ध साढे ३ करोड बढीको अकुत सम्पत्तिको मुद्दा दायर भएको बुझिएको छ ।

विघटित प्रतिनिधिसभाका सांसद् चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर समेत हुन् ।आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं-३ बाट उनको नाम एकल सिफारिस भएको छ ।