काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानमाथि योजनाबद्ध आक्रमण भइरहेको दाबी गर्दै देश जलाउने र बनाउनेबीच निर्णायक संघर्षको बेला आएको बताएका छन्।
भक्तपुरमा पार्टीको ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र पार्टीको दृढता जनाउँदै लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी भएको बताए ।
ओलीले तीन महिनाअघि देशको स्थिति युद्धभूमि जस्तै भएको स्मरण गर्दै संविधान, लोकतन्त्र र राजनीतिक दलहरूलाई समाप्त पार्ने प्रयास गरिएको बताए। धुँवा, खरानी र निषेधका सबै प्रहार चिर्दै एमाले अगाडि बढिरहेको बताए ।
महाधिवेशनमा ओलीले पार्टीको आन्तरिक जीवन, वर्तमान सरकार र देशको राजनीतिक घटनाक्रमका बारेमा पनि चर्चा गरे। पार्टीको भविष्य र एकता प्रति उनले दृढ विश्वास व्यक्त गर्दै भने, ‘हाम्रो पार्टी अझै मजबुत छ र लोकतन्त्रको रक्षा गर्दै अघि बढ्नेछ।’


0 comment