काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५.०३ अंकले घटेर २ हजार ६०९.०३ को बिन्दुमा कायम भएको हो ।

आज ३२९ कम्पनीको ८६ लाख ४७ हजार ९४८ कित्ता शेयर ९१ हजार ३९४ पटक खरिदबिक्री हुँदा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार ३७३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा म्युचुअल फण्डबाहेक सबै समूहको उपसूचक घटेको छ ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी झापा इनर्जी लिमिटेडको शेयर मूल्य ९.३० प्रतिशतले घटेको छ ।