काठमाडौं - आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले विभिन्न क्षेत्रमा उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र पारेको छ। यही क्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई झापा–१ बाट एकल सिफारिस गरिएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिको बैठकले शर्माको नाम एकल रूपमा सिफारिस गरेको कांग्रेस सचिवालयले जनाएको छ।
कांग्रेसले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार प्रतिनिधिसभा प्रत्यक्ष तथा समानुपातिक र राष्ट्रियसभाका उम्मेदवार सिफारिसका लागि मातहतका संरचनालाई परिपत्र गरेको थियो।
यस्तै, आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि महामन्त्री गगन थापालाई रोल्पाबाट सिफारिस गरिएको छ। कांग्रेस जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले थापाको नाम प्रत्यक्षतर्फ सिफारिस गर्ने निर्णय गरेको हो।
रोल्पाबाट थापासँगै अन्य चार जनाको नाम पनि सिफारिस गरिएको छ। कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका स्वकीय सचिव अनुपम जीसीका अनुसार सिफारिस सूचीमा अमरसिंह पुन, मनोजमणी आचार्य, डा. मन्दिप सुवेदी, र ज्ञानबहादुर ओली पनि छन्।


0 comment