काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि पनि राजनीतिक दलहरूको सरकार बन्ने दाबी गरेका छन्। उनले वर्तमान सरकारलाई असंवैधानिक र हाहुकै भरमा आएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित नवयुग ई-बुलेटिन शुभारम्भ कार्यक्रममा बोल्दै ओलीले भने, ‘अहिले धेरै मानिसहरू फेरि दलहरू आउने, तीनै पुराना शक्तिहरू फर्कने भन्ने प्रश्न गरिरहेका छन्। अब सरकार कसको बन्ने हो? फेरि हाहुको भरमा सरकार बन्ने हो त?’ उनले भने,‘अब फेरि पुराना नेता फर्कन्छन् भने, के थाहा छैन भन्ने पुराना नेता किन फर्कने त?’
ओलीले आगामी चुनावमा एमालेको सरकार बन्ने विश्वास व्यक्त गर्दै भने, ‘चुनाव जुन बेला पनि होस्, हामी सरकार बनाउने खेलमा छैनौं। हामी शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित चुनावको पर्खाइमा छौं।’उनले यो फागुन २१ मा चुनाव नहुने बताए ।
अध्यक्ष ओलीले आफ्नो पार्टीलाई बाढीजस्तो संज्ञा दिँदै भने, ‘एमाले एउटा विशला नदीमा आएको बाढीजस्तो हो।’ अध्यक्ष ओलीले आगामी चुनावमा एमालेको विजयमा कुनै शंका नगर्न र पार्टीका बारेमा विश्वास राख्न आग्रह गरे।


0 comment