काठमाडौं - सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। उनका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार प्रसाईंलाई तत्काल हिरासतबाट मुक्त गर्न निर्देशन दिएको हो।
अदालतले प्रसाईंविरुद्ध जारी पटक–पटक म्याद थप र पक्राउ पूर्जीको औचित्य समाप्त भइसकेको ठहर गर्दै सबै कारबाही बदर गरेको छ। आदेशमा उल्लेख भएअनुसार, प्रसाईं संलग्न महाअभियानले सहमतिअनुसार शान्तिपूर्ण रूपमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाइसकेकाले उनलाई हिरासतमा राखिराख्नुपर्ने आधार नरहेको अदालतको निष्कर्ष छ।
प्रसाईंलाई प्रहरीले मंसिर २ गते राति सार्वजनिक शान्तिमा खलल पुग्ने अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरेको थियो।



0 comment