काठमाडौं - जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । गत भदौ २४ गते तोडफोडमा संलग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–१ की वर्ष २८ की ज्योति थापा घताने र ललितपुरको महालक्ष्मी नगरपालिका–५ का वर्ष ३० को ब्राउन भन्ने सुशील श्रेष्ठ रहेका छन्।

आरोपी दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आपराधिक उपद्रवमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।