काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गराएको आरोपमा ८ जना भारतीय नागरिक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको आन्द्रा प्रदेश घर भई हाल सामाखुशी बस्दै आएका ३१ वर्षीय राजा यदुला, ३५ वर्षका महेश बाबु, ३० वर्षका पण्डित श्रीनिवासुलु, २० वर्षका सेख सोयब, ३० वर्षका नभिन मड्डेला, ३२ वर्षका महमद रफी सेख, १९ वर्षका साई कुमार तम्मिसेट्टी र २८ वर्षका सेख चन्द बसल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए।
काठमाडौंको बल्खुबाट पक्राउ गरिएका उनीहरूको साथबाट प्रहरीले १५ थान मोबाइल पनि बरामद गरेको छ। थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर भद्रकाली पठाएको छ।



0 comment