काठमाडौं —चुनाव नजिकिएसँगै साना पार्टीहरु तिब्र रुपमा एकिकृत भइरहेका छन । रामशरण पाण्डे नेतृत्वको राष्ट्रिय मातृभूमि पार्टी र धन बहादुर थापा नेतृत्वको जय जन्मभूमि पार्टीबीच एकता भएको छ । यी दुबै पार्टीले आ आफ्नो उद्देश्य भिजन मिसन एउटै भएपछि पार्टी एकतृत भएका हुन । स्थापना कालदेखि नै भ्रष्ट्रचार र सुशासनका लागि राष्ट्रिय मातृभूमि  पार्टीले खरो रुपमा आवाज उठाउदै आएको थियो । 

पूराना भनिएका पार्टीहरु भ्रष्ट्रचारमा लिप्त भइ जनभावनाबाट टाढिदै गएका विभिन्न काण्डमा मुछिएका हुनाले यो मुलुकमा जनभावनालाई कद्धर गर्ने राष्ट्रिय शक्तीको आवश्यकता भएको हुँनाले अब राष्ट्रिय भावनालाई मनन गर्ने राष्ट्रभक्ती शक्तीहरु एक हुनुपर्ने समय आएको हुनाले राष्ट्रिय मातृभूमि पार्टीलाई जय जन्मभूमि पार्टीसँग एकता गरिएको मातृभूमि पार्टीका अध्यक्ष रामशरण पाण्डेले बताउनु भयो । उक्त पार्टी एकता कार्यक्रम राष्ट्रिय मातृभूमि पार्टीको केन्द्रीय कार्यालय पूरानो बानेश्वरमा सम्पन्न भएको थियो । एकतापछि पार्टीको नाम जय मातृभूमि पार्टी र चुनाव चिन्ह आमा रहेको छ  । जनरल मेजर सुरेस कार्कीको नेतृत्वमा एकता भएको पार्टी जय मातृभूमि पार्टी निर्वाचन आयोगमा दर्तासमेत गरिएको जनाइएको छ । अब जय मातृभूमि पार्टीले देशव्यपी रुपमा भ्रष्ट्रचारीहरुको भण्डाफोर गर्ने र यो राष्ट्रप्रति घात गर्नेहरुमाथी खरो निगरानी राख्ने अभियान चलाउने सोही पार्टीले जनाएको छ । नजिकिएको चुनावका लागि देशब्यपी रुपमा आफ्ना बाचाहरु लिएर जनतामाझ जाने पनि जनाइएको छ । उक्त पार्टीले यसरी नै राष्ट्रवादी शक्तिहरुसँग मिसिदैँ एकतृत गर्दै जय मातृभूमि पार्टीलाई मूल राजनैतिक शक्तीको रुपमा स्थापित गराउने अध्यक्ष मेजर जनरल सुरेस कार्कीले बताउनु भएको छ ।