काठमाडौं - नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार, पेट्रोलको मूल्यमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँको वृद्धि गरिएको हो। यो नयाँ मूल्य आज राति १२ बजेबाट लागू हुनेछ।
भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्यसूचिमा पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा वृद्धि भएको छ। यद्यपि, उपभोक्ताको हितलाई ध्यानमा राख्दै नेपाल आयल निगमले मूल्य वृद्धि २ रुपैयाँ पेट्रोल र ३ रुपैयाँ डिजेलमा मात्रै गरेको जनाएको छ।


0 comment