काठमाडौं - एकीकृत समाजवादी पार्टी छाडेका नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरु औपचारिक रुपमा एमालेमा फर्किएका छन् ।सोमबार राष्ट्रिय सभागृहमा एक कार्यक्रम गरी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई स्वागत गरेर एमालेमा भित्र्याए ।
उनीहरु एमाले छोडेर माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीमा गएका थिए। पहिले एमालेमै रहेका तर बीचमा विभिन्न दलमा गएकालाई घर फर्क अभियानअन्तर्गत स्वागत गरिएको हो ।


0 comment