काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड) ले जेनजीलाई नै प्रधानमन्त्री बनाउन माग गरेका छन् । काठमाडौंमा आज आयोजना गरिएको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।

जेनजी आन्दोलनकै कारण सरकार परिवर्तन भएको जनाउँदै उनले परिवर्तनका संवाहकलाई किन प्रधानमन्त्री नबनाएको ? भनि प्रश्न गरे ।
सर्वपक्षीय अन्तरिम सरकार बन्नुपर्नेमा उनको जोड छ । 

उनका अनुसार नेपाली जनताले जटिलता खेपिरहेको भन्दै साम्राज्यवादीहरुको हस्तक्षेप विगतको भन्दा झन् बढेको बताए । उनले वर्तमान सरकारका मन्त्रीहरुको समेत आलोचना गरे ।