काठमाडौं - नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अब कहिल्यै पनि नफुट्ने प्रतिबद्धतासहित अघि बढ्न आग्रह गरेका छन् ।

‘नेपाली कम्युनिस्ट पार्टी’को एकता घोषणा सभालाई सम्बोधन गर्दै नेता खनालले यस्तो संकल्प गर्न आग्रह गरेका हुन् । यसअघि पनि कम्युनिस्ट पार्टीहरुबीच पटकपटक भएको एकताबारे सुनाउँदै खनालले त्यतिबेला  एकताको ‘ए’ र ‘कता’ बेग्लाबेग्लै भएको बताए । अब त्यसो हुन दिनु नहुनेमा खनालको जोड थियो ।

उनले कम्युनिस्ट पार्टी आरोप प्रत्यारोपबाट मुत्त हुनुपर्ने समेत बताए । हाम्रा युवाहरु नयाँ चेतानाका साथ अगाडि बढिरहेको भन्दै उनले एकतापछि बन्ने नयाँ पार्टीमा ५० प्रतिशत युवालाई केन्द्रीय कमिटीमा स्थान दिनुपर्ने सुझाव समेत दिए ।