काठमाडौं - नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले नेपाली कांग्रेस निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग बुधबार कुरा गर्दै उनले निर्वाचनमा जानबाट कांग्रेसपछि नहट्ने बताए ।

लोकतान्त्रिक पार्टी भएकाले वर्तमान परिस्थितिमा निर्वाचनबाट भाग्ने कुरा नहुने बताए । उनले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने बताए । उनले वर्तमान सरकार र संसद विघटन असंवैधानिक रहेको जिकिर गर्नुभयो । सर्वोच्च अदालतमा संसद विघटन र नयाँ सरकार गठन असंवैधानिक रहेको भन्दै १० वटा रिट परिसकेकाले सर्वोच्च अदालतको फैसला मानेर आगामी कदमहरु चाल्ने बताए । 

उनले भने, ‘अहिलेको परिस्थितिमा सभामुखको दायित्व र आगामी कदम कसरी अघि बढाउने भन्नेबोमा सुझाव लिनुभयो । आफ्ना दलका धारणा राख्ने अवसर दिनुभयो । वर्तमान सरकार र संसद विघटन असंवैधानिक कदम भनेका छौँ । दशैँअघि नै पार्टीको कार्य सम्पादन समितिको बैठकबाट यो असंवैधानिक कदम भएको भनिसकेका छौँ । लोकतान्त्रिक पार्टी भएको नाताले निर्वाचनबाट पछि हट्दैनौँ । सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्छौं । हामी निर्वाचनमा जानबाट पछि हट्दैनौँ । हामी निर्वाचनमा जान तयार छौँ । निर्वाचनको तयारीमा पार्टी लाग्छ ।’ उनले केन्द्रीय समितिको बैठक जारी रहेकाले बैठकले थप निर्णय गर्ने बताए ।