काठमाडौं - हमासले जीवित सबै २० बन्धक रिहा गरेको छ ।सुरुमा जीवितमध्ये ७ बन्धक मुक्त गरेको हमासले दोस्रोपटक बाँकी १३ जनालाई पनि छाडेको हो। अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेको छ । यस घटनाले तेल अभिवमा हर्षोल्लासको वातावरण सिर्जना गरेको छ । त्यहाँ बन्धक परिवारहरूलाई समर्थन गर्न सयौँ मानिस होस्टेज स्क्वायरमा भेला भएका थिए ।
आज रिहा भएका जीवित २० जनामा नेपालका विपिन जोशी परेनन्।अब हमासले मृत २८ बन्धकको शव इजरायललाई हस्तान्तरण गर्न बाँकी छ। इजरायलले तिनीहरूको सुरक्षित हस्तान्तरण पुष्टि भएपछि करिब दुई हजार प्यालेस्टिनी कैदीको रिहाइ सुरु गर्नेछ ।
सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको अभूतपूर्व आक्रमणमा एक हजार २१९ जना मानिस मारिएका थिए, जसमा अधिकांश नागरिक थिए । त्यस दिन हमासले २५१ जना इजरायलीहरूलाई बन्धक बनाएको थियो । तीमध्ये अधिकांश बन्धक पछि क्रमशः मुक्त भए पनि ४७ जना अझै पनि युद्ध सुरु हुनुअघि सम्म बन्धककै रूपमा रहेका थिए । उनीहरूको परिवारहरूले लामो समयदेखि पीडा र अनिश्चितताको जीवन बिताउँदै आएका छन् ।
गाजामा पनि युद्धविरामले केही राहत दिएको छ, तर युद्धले सहरका ठूला भागहरू ध्वस्त बनाइदिएको छ ।




0 comment