काठमाडौं - नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले कुलमान जत्तिको भ्रष्टाचारी आफूले अरू नदेखेको बताएका छन् । 

बुधबार पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा पत्रकार सम्मेलन गर्दै नेता बस्नेतले भ्रष्टाचारी माथिको छानबिनको प्रक्रिया कुलमान घिसिङबाट सुरु गर्नुपर्ने बताए ।साथै, अर्थमन्त्री रामेश्वर खनालमाथि पनि छानबिन हुनुपर्ने बस्नेतको भनाइ थियो ।

‘भ्रष्टाचारीमाथि छानबिन गर्नुपर्छ, सबैभन्दा पहिला कुलमान घिसिङबाट छानबिन सुरु गर्नुपर्छ, उनले भने,‘ मैले त, उहाँजत्तिको भ्रष्टाचारी कोही देखेको छैन।’

बस्नेतले प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत जाने पनि बताए। बस्नेतले भने-‘पार्टीले आधिकारिक ढंगले जाने अथवा कानुन व्यवसायीमार्फत जाने भन्ने विषयमा हामी अन्तिम छलफल गर्दैछौं ।’