काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले तिहारसम्म स्थानीय तहहरूले शिक्षकहरूलाई तलब नदिए कडा कारबाही गरिने चेतावनी दिएका छन्।

उनले शिक्षकको तलब समयमै उपलब्ध गराउनु सरकारको प्राथमिक जिम्मेवारी भएको समेत बताएका छन् ।  अब ढिलाइ सह्य नहुने उहाको भनाई छ । शिक्षकहरूले सेवा दिन्छन्, तलब तिनको अधिकार हो। अब ढिलासुस्ती भए सहेर बस्दिनँ  मन्त्री पुनले भने।

जनताको विश्वासलाई आफूले सबैभन्दा ठूलो प्रेरणा मानेको उल्लेख गर्दै मन्त्री पुनले शिक्षा, विज्ञान, अनुसन्धान र प्रविधिको विकासमा आफू निरन्तर क्रियाशिल रहने प्रतिबद्धता समेत वयक्त गरेका छन् ।