काठमाडौं - यातायात व्यवसायीहरुले देशैभर समान रुपमा सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्न माग गरेका छन् ।
केन्द्र सरकारले सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेपनि प्रदेश सरकारले समायोजन नगरेको भन्दै उनीहरुले देशैभर समान रुपमा सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्न माग गरेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात व्यवस्था विभागले भाडा समायोजन गरेपनि प्रदेशमा समायोजन हुन नसकेको बताए । यस विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र विभागका महानिर्देशकलाई समेत जानकारी गराइएको उनले बताए । उनले संघीय सरकारले भाडा समायोजन गरेपछि सातै प्रदेशले त्यसका आधारमा तत्काल समायोजन गर्न माग गरे ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलाई आधार मान्दै यातायात व्यवस्था विभागले बुधबार नै ढुवानी र यात्रुवाहक दुवैमा ५ प्रतिशत वृद्धि गर्दै भाडा समायोजन गरेको छ ।



0 comment