काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक जारी छ।
भक्तपुरको गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको डेरामा दिउँसो १ बजेदेखि जारी बैठकमा नेताहरू अध्यक्ष ओलीको राजीनामा माग गर्दै दुई धारमा विभाजित भएका छन्।
गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि सत्ताबाट बाहिरिनु परेका ओलीमाथि पार्टी नेतृत्वबाट पनि पद त्याग्न दबाब बढेको हो। एमाले सचिवालयका एक नेताका अनुसार सात जनाभन्दा बढी पदाधिकारीहरूले ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिन आग्रह गरेका छन्।
उनीहरूले ओलीले मार्गप्रशस्त गरेर कार्यवाहक नेतृत्वमार्फत पार्टी पुनर्गठनको ढोका खोल्नुपर्ने धारणा राखेका छन्। बैठकमा अर्ली महाधिवेशनको प्रस्तावसमेत उठेको छ, जसअन्तर्गत दोस्रो र तेस्रो पुस्ता तथा युवा नेताहरूलाई नेतृत्वमा ल्याउने बहस तीव्र बनेको छ।


0 comment