काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.३६ अंकले बढेको छ । आइतबार १११.७० अंकले बढेको नेप्से मंगलबार पनि दोहोरो अंकले बढेर २६८२.२५ अंकमा पुगेको हो ।बजार खुलेदेखि दिनभर हरियो रह्यो।

मंगलबार ५ अर्ब २९ करोड २७ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा २३८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

आज ८ कम्पनीको मूल्य १० प्रतिशतसम्म बढेको छ। प्रमुख बढेका कम्पनीमा सप्तकोशी विकास बैंक, जोशी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भूगोल इनर्जी, एसियन हाइड्रोपावर, हिमस्टार ऊर्जा रहेका छन्। कालिका पावरको ९.८४% र सयपत्री हाइड्रोपावरको ९.८३% मूल्य बढेको छ।

धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, युनिभर्सल पावर, हिमालयन डिस्टिलरी,  हिमालयन रिइन्स्योरेन्स र शिवम् सिमेन्ट रहेका छन्।