काठमाडौं - नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आफ्नो अभिभावकमाथि सांघातिक आक्रमण भएको बेला नेतृत्व परिवर्तनको कुरा गर्नु जायज नभएको टिप्पणी गरेका छन् ।

आज बिहान आफ्नो जलेकै घरमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले सभापति देउवाको घाउ निको नभइसकेको अवस्थामा नेतृत्व परिवर्तनको बहस गर्नु नुन छर्ने काम भएको आरोप लगाउनुभयो । 

जेनजी आन्दोलनपछि काँग्रेस महामन्त्रीद्धय गगन थापा र विश्व प्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने प्रस्ताव गर्दै आएका बखत यस प्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।

"आफ्नो अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार त गर्नुपर्यो नि हामी पर्खन पनि सक्दैनौ ? आकाश झरि हाल्छ ? डा. महतले प्रश्न गरे भने । उनले अवश्य पनि पार्टी संरचनामा छलफल गर्ने र  घटनाको मूल्याङ्कन गर्दै  सुधार पनि गर्ने बताए । त्यसका लागि केही समय पर्खौं उनको भनाई छ ।

कार्यसम्पादन समितिबाट भएको आधिकारिक निर्णयभन्दा बाहिरबाट जुन छलफल थालिएको छ  त्यसले पार्टीलाई राम्रो नगर्ने उनले बताए ।

पार्टीभित्र पनि विभिन्न खाले बहस भइरहेको बताउँदै उनले  हाम्रो पार्टी सभापति जसले लोकतन्त्रका लागि लामो संघर्ष गर्नुभएको छ, उहाँ माथि यस्तो त्रासदी पूर्ण आक्रमण भयो । अझै उहाँ उपचारकै क्रममा हुनुहुन्छ यस्तो बेलामा संवेदनशील हुन जरुरी रहेको उनको भनाई छ ।

पार्टीले  आक्रमणको भर्त्सना र निन्दा गरिसकेको भन्दै अहिले आन्तरिक विवादमा भन्दा एकतामा जोड दिनुपर्ने बताए

सन्तुलित हौं संयमित हौँ । सघन मन्थन गरौं र सामूहिक निष्कर्षमा पुगौं । यसले नै  पार्टी र देशको अप्ठेरोबाट पार पाउन सकिन्छ डा. महतको भनाई छ ।