काठमाडौं - जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता शरदसिंह यादव र युवा संयोजक सञ्जयकुमार यादवसहित ६ नेताले अध्यक्ष डा. सीके राउतलाई २४ घण्टाभित्र नेतृत्व छोड्न अल्टिमेटम दिएका छन्।

उनीहरूले नेतृत्व परिवर्तनमार्फत पार्टीलाई सशक्त, लोकतान्त्रिक र जनउत्तरदायी बनाउनु आवश्यक रहेको उल्लेख गरेका छन्। जेन–जी आन्दोलनले ऐतिहासिक मोड ल्याएको भए पनि हाल पार्टी नेतृत्व जनभावनासँग विमुख हुँदै गएको भन्दै असन्तुष्टि जनाइएको छ।

सार्वजनिक पत्रमार्फत आएको यो अल्टिमेटमले जनमत पार्टीमा गम्भीर संगठनात्मक संकटको संकेत दिएको छ।