काठमाडौं - नागरिक उन्मुक्ति पार्टी नाउपाका संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गर्दै  नयाँ पार्टी खोलेको  घोषणा समेत गरेका छन् । उनले खोलेको नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी,नेपाल रहने बताएका छन् ।

टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर नागरिक उन्मुक्ति पार्टी खोलेका थिए ।

उनले विभिन्न राजनीतिक मुद्दाहरु खेपिरहेका थिए । श्रीमती रन्जिता श्रेष्ठ अध्यक्ष रहेकी पार्टीमा विवाद उत्पन्न भएपछि पार्टी विवादमा फसेको थियो ।