काठमाडौं - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले संवैधानिक प्रक्रियाबाटै निकास दिनुपर्नेमा जोड दिएका छन् ।
देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै सभामुख र अध्यक्षले राष्ट्रपतिले संविधानवादबाट बाहिर जान नहुने बताएका हुन्। राष्ट्रपतिले पहल गरिरहेको भन्दै विधिको शासन स्थापित हुने पनि विश्वास व्यक्त गरेका छन् ।
संसद्का सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष दाहालले संयुक्त रूपमा शुक्रबार विज्ञप्ति जारी गरी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति पनि उनीहरुले गहिरो दुःख व्यक्त गरेका छन् ।


0 comment