काठमाडौं - नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
शुक्रबार एक तोला सुनको मूल्य २ लाख १० हजार ४०० सय रुपैयाँ पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज २५ सयले बढेर प्रतितोला सुनको मूल्य २ लाख १० हजार ४०० पुगेको हो।
सुनको मुल्य बढेसँगै चाँदीको भाउ वृद्धि भएको छ। बिहीबार एक तोला चाँदीको मूल्य २ हजार ४८० रुपैयाँ कायम भएकोमा आज सोही परिमाणको चाँदी २ हजार ४९० पुगेको हो। चाँदी बिहीबारको तुलनामा १० रुपैयाँले वृद्धि भएको हो।


0 comment