काठमाडौं - कुवेतमा मेथानोल मिसिएको अवैध मदिरा सेवनका कारण १२ नेपालीको मृत्यु भएको छ । ३० जना अस्पतालमा उपचाररत छन्। कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार, घटनामा विभिन्न देशका २३ आप्रवासीको ज्यान गएको छ।
घटनापछि कुवेती प्रहरीले ६७ जनालाई पक्राउ गरेको छ । जसमा नेपाली, भारतीय र बंगलादेशी नागरिक छन्। साल्मियाबाट पक्राउ परेका एक नेपालीको बयानका आधारमा अन्यलाई पनि नियन्त्रणमा लिइएको हो।
६ वटा अवैध मदिरा कारखाना नियन्त्रणमा लिइएको छ भने अस्पतालमा उपचार गराइरहेका आप्रवासीलाई निको हुने बित्तिकै छिट्टै देश निकाला गरिने जनाइएको छ।
कुवेतस्थित नेपाली दूतावासले अवैध मदिरा सेवन, उत्पादन र कारोबार नगर्न सबैलाई चेतावनी दिएको छ। हाल कुवेतमा १ लाख ६० हजार नेपाली कार्यरत छन् भने जेलमा रहेका आधा नेपाली मदिरा र लागू औषधसम्बन्धी मुद्दामा परेका छन्।



0 comment