रामशरण पाण्डे

राणा शासनको समयमा नेपालका केहि धनीमानीहरु आफ्नो सन्तानलाई शिक्षा दिक्षा दिन इन्डियामा सुरुवात गरे। त्यस समयमा केहि राणाका सन्तान केहि दरबारको नजिकको छोरा छोरीको इन्डियामा बसेर पढाइ हुनथाल्यो। यसरि पढ्दा पढ्दै इन्डियन कांग्रेसको सहयोगमा र उसको स्वार्थमा इन्डियामै , नेपाली नाम जोडियका कांग्रेस नामको राजनैतिक दलहरु गठन भएको थियो ।

नेपालको सासन पद्दतिमा परिबर्तन गराई नेपाललाई आफ्नो पकडमा राख्ने योजनाका शाथ इन्डियन नेताहरुकै अगुवाइमा इन्डियामै नै केन्द्र बनाउने गरि १९४६ अक्टोबरमा बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस नामक सस्थाको स्थापना भयो। त्यसै सस्थाको अगुवाइमा १९४७ जनवरीमा कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेस, बन्यो ।

१९४८ अगस्तमा कलकत्तामा नै नेपाली प्रजातन्त्र कांग्रस,१९४८ सेप्टेम्बरमा कलकत्तामानै नेपाल कम्युनिष्ट पार्टी,१९५० अप्रिलमा नेपाल कांग्रेस,लगायत दलहरुको स्थापना गरियको थियो। तत्कालिन इन्डियामा उपलब्ध नेपालीहरुलाई समेट्ने गरि कुनै न कुनै पार्टीमा उसको रुचि अनुसार समेटीएको थियो। सबै पार्टीहरुलाई इन्डियन सत्ता र नेताहरुको सहयोग थियो र तिनै इन्डियन नेतृत्वको निर्देशन अनुसार काम गर्ने दलहरुलाई आर्थिक रुपले सघाउने काम इन्डियनबाट हुन् थाल्यो। यस्तो क्रम चल्दै जाँदा कालान्तरमा त्यो सहयोगको नाम नै निर्देशनमा परिणत भयो, पंचायतपछि बहुदलको आगमनबाट सुरु बएको निर्देशन संघीय गणतन्त्र पछि त् झन् बढ्दै गायो ।

नेपाल एक स्वतन्त्र मुलुक राख्न खोज्ने ,चाहे राणा शासन होस् या राज सस्था होस् त्यस्ता सस्थालाई विभिन्न भ्रमपूर्ण समाचार दिदै विभिन्न आरोप लगाउदै ,निस्तेज पार्नु इन्डिया र त्यँहाको सरकारको मूल लक्ष थियो र अझै बढ्दै छ।

इन्डियन सहयोगमा हुर्कियको कथित प्रजातन्त्रलाई नेपाली राजाहरुले बाध्या भएर कुल्चदै गय र नेपाल स्वतन्त्र राख्न चिन तिर झुक्न बाध्य भय। यदि त्यसो हुदैन थियो भने नेपाल निजाम हैदरावाद, हुन् सक्थ्यो कास्मिर, हुन् सक्थ्यो, सिक्किम हुनसक्थ्यो ।

राजा महेन्द्रले नेपालमा दल माथि प्रतिबन्ध लगाए पछि त् सुबर्ण सम्सेर राणाले अलइन्डिया रेडियोबाट नेपाल सरकारको बिरुद्ध युद्धको घोषणा गरे । १९६२ अगस्त ५ का दिन चीनका विदेश मन्त्रि श्री चेन यी ले यदि कुनै बिदेशी सेनाले नेपालमा आक्रमण गर्ने दुस्साहस गर्यो भने चीनले नेपाललाई साथ् दिनेछ भनि घोषणा नै गरेका थिय।

[स्मरण रहोस त्यस ताक नेपाली कांग्रेसको मुक्ति सेनाको रुपमा बिहार रेजिमेन्टका सेना र बङ्गाल राइफल्सका सेनाको जवान सादा ड्रेसमा नेपाल पसेका थिय। तिनीहरुले गर्ने गतिविधिलाई कांग्रेसले मुक्ति सेनाको गतिबिधि भन्दथे ]
त्यसलाई इन्डियाले पनि कांग्रेसको नाम दिएको थियो।

सुरुमा नेपालले भारत र चिन दुबैलाई समदुरीमा राखेको थियो। भारतीय कारण नेपालले चीनको सहयोग लिन बाध्य भएको थियो। त्यस पछि त् नेपाल चीनको नजिक गएको भारतले तर्क गर्न लाग्यो। जब चिन- भारत युद्धमा भारतको पराजित भयो त्यसपछि हामीलाई निर्बल सम्झेर नेपालले अबहेलना सुरु गर्यो भन्ने भारतको सोचाइ रहन गयो। यस प्रकारको आरोप नै लगाउन थाल्यो। विभिन्न सार्बजनिक कार्यक्रममा इन्डियाले त्यसै भन्ने गर्दथ्यो। यस्तै इन्डियन मानसिग रोगको कारण अहिलेपनि इन्डियन निर्देशन नमान्ने बितिकै इन्डियन सासक उग्र भैहाल्छन। र त्यस देशको आन्तरिक मामिलामा खेल्न थाल्छ। मानेन भने नाकाबंधी लगाइदिञ्छ जुन नेपालले पटकपटक भोगेकै बिषय हो।

नेपालका कांग्रेस र इन्डिया बीच सन् १९६५ मा हस्ताक्षरित सम्झौतालाई नेपालको प्र. म कृतिनिधि विस्टले सरकारी पत्रिका राइजिंग नेपाल मार्फत खारेजीको घोषणा गरे। त्यसको परिणाम नेपालले जुनसुकै देशबाट आफुलाई चाहिने हतियार खरिद गर्न सक्ने ब्यबस्था भयो। यो नेपालका लागि एउटा महत्वपूर्ण दिन थियो। त्यसै बिष्टको त्यो ऐतिहासिक घोषणालाइ पनि नेपाली कांग्रेसले बिरोध गरेको थियो।

,१९४६ बाट सुरु भएको इन्डियन हस्त्क्षेपको सुरुवात जब जब नेपालमा जुन दल सबल हुन्छन तब हस्तक्षेप बढ्ने गरेको इतिहास छ। जुन सुकै दलको नेता होस् त्यो यदि राष्ट्रवादी छ भने कि त् भारतीय छल कपटबाट मारिन्छ कि त् सारै दुख सहदै अपमानित हुँदै बाँच्न बिवस बनाइन्छ । यो हुनुमा हामि आम नेपालीजनताको पनि कहिँ न कहिँ जिम्मेवार छौ । किनकी हामि नेपाली सत्य तथ्या भन्दा बढी हल्लाको पछि दगुर्छौ ।

हुनत झुटको खेति गर्न इन्डिया जत्तिको सक्षम संसारमा कुनै देश जन्मिसकेको छैन। हाम्रा ठुला पार्टी त्यसकै एक एजेन्ट न हुन् इन्डियन कुरालाई सहमति जनाउने नै भय। ति दलको कुरा पत्याउने हामि कार्यकर्ताहरु पनि दोषी नै होलाउ। नेपालमा इन्डियन सहयोगमा २०४६मा बहुदल आएपछि केहि व्यक्ति मदन भण्डारी हुन् या राजा बिरेन्द्र नै मारियका,इतिहास छ दै छ। त्यति मात्र होइन इन्डियन सामु नझुकेका तत्कालिन प्रधानमन्त्रि मरिचमान सिंहको दुर्दशा स्वभिमान नेपालीले देखेकै छन् ।

पछि मदेश आन्दोलन पनि त्यसैको निरन्तरता हो भन्दा फरक नपर्ला। महन्त ठाकुर हुन् या राजेन्द्र महतो वा सी के राउत नै किन नहुन त्यसैको एउटा भाग पक्कै हुन्।

त्यसैले नेपाल चलाउने राजनीतिले हो राजनीति चलाउने साँचो इन्डियाको हातमा छ। त्यो चाबी इन्डियाले खोसेको नभई हाम्रै नेतृत्वले बुझाएका हुन्। नेपालको सासन ,नेपालको प्राकृतिक स्रोत नेपाली नेतृत्वहरुले नै निजी स्वर्थमा बुझाउने हुँदा त्यस्ता नेतृत्वको हिसाब किताब नराख्ने हो भने नेपालनै नरहन सक्छ। त्यसैले आम शिक्षित युवायुवतीहरु सचेत हुन् आग्रह गर्दछु।