काठमाडौं - ब्रिटिस गोर्खा भूतपूर्व सैनिकले काठमाडौंमा लालटिन जुलुस निकालेका छन्।
ब्रिटिश गोरखा भूतपूर्व सङ्गठन (बिगेसो) को आह्वानमा पूर्वगोर्खाहरूले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
सर्वोच्चले २०७४ जेठ २६ गते सरकारका नाममा परमादेश जारी गर्दै त्रिपक्षीय सन्धि पुनरवलोकन गर्न आदेश दिएको थियो।
सन् १९४७ मा भारत ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएपछि गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सन्धि भएको थियो।
सन् १९४७ को त्रिपक्षीय सम्झौताले नेपालीलाई अन्यायमा पारेको उनीहरुको ठहर छ । लामो समयदेखि उनीहरु आन्दोलनमा छन् ।
0 comment