काठमाडौ:नेपालको पहाडी जिल्लाहरुमा अवैध रुपमा उत्पादन गरिदै आएको लागु औषध अफिम (चोप) को सुचना संकलन गरी निगरानि गर्ने क्रममा भारत तर्फ निकासी गर्न लागेको अवस्थामा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका ४ हेटौडाबाट ४ किलो ४सय २० ग्राम लागुपदार्थ अफिम सहित २ जनालाइ पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर कैलाश गा.पा.४ ठेगाना भएका बर्ष ५४ को राज कुमार लामा ।
जिल्ला मकवानपुर हेटौडा उ.म..पा. १५ ठेगाना भएका बर्ष ४० को राज कुमार तितुङ रहेका छन ।
लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ परेकाहरुबाट लागु औषध अफिम सहित पक्राउ गरी आवश्यक अनुसन्धान कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाईएको लागु औषध नियन्त्रण ब्यूरोका प्रबक्ता दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।


0 comment