काठमाडौं - नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । 

आज सुन तोलामा एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।