काठमाडौं - सरकारले माघको तेस्रो साता संसद् अधिवेशन बोलाउने गरी छलफल थालेको छ।
विपक्षी दलहरूले संसद्को विशेष अधिवेशन माग गर्ने बताइरहेका बेला सरकारले माघ तेस्रो साता अधिवेशन बोलाउने तयारी गरेको हो। यस विषयमा मन्त्रिपरिषद्, सत्तारुढ दलको बैठक लगायत विभिन्न तहमा छलफल भइरहेको एक नेताले बताए ।
यसअघि शुक्रबारको एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले अबको १५/२० दिनमा संसद् अधिवेशन बोलाउने बताएका थिए। सरकार संसद छलेर अध्यादेशको भरमा चलाउन खोजेको भन्दै विपक्षी दललहरुले तत्काल संसद् नबोलाए विशेष अधिवेशन डाक्ने सम्मको चेतावनी दिएका छन् ।
संसदमा रहेका २५ प्रतिशत सांसदले विशेष अधिवेश डाक्न सक्ने संविधानमा प्राब्धान रहेको पूर्व सभामुख तथा माओवादी नेता अग्नी सापकोटाले पनि शनिबार एक कार्यक्रममा बताएका थिए ।
संसद्को बर्षे अधिवेशन अन्त्य भएको पनि चार महिना भइसक्यो । एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने कानुनी व्यवस्था छ ।गत भदौ ३१ गते अधिवेशन अन्त्य भएको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्ने प्रचलन छ।


0 comment