काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९ दशमलव १९ अकंले बढेर २६१७. ९५ बिन्दुमा कायम भएको छ ।

आज बजारमा ४ अर्ब ७३ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आइसीएफसीको कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै एलआइसी नेपाल, रिभर फल्स पावर र माइखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । 

यस्तै,आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६. ७९ प्रतिशतका दरले गुमाएका हुन् ।