काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड राख्न सफल भएको छ।

आज सुन प्रतितोला एक हजार चार सयले बढेर एक लाख ६७ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसअघि शुक्रबार सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर दुई हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।