काठमाडौं - काठमाडौँका विभिन्न स्पाबाट १३ युवती र एक बंगलादेशी नागरिक पक्राउ परेका छन्।  स्पामा गैरकानुनी क्रियाकलाप भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेका ती युवतीहरू विभिन्न जिल्लाका हुन् । उनीहरुको उमेर करिब २० देखि ३३ वर्ष रहेको छ। युवतीहरुसँगै बंगलादेशी नागरिक मसुद राना पनि पक्राउ परेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।