काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा उत्पन्न भएक‍ो अवस्थाको समग्र समीक्षा तथा आवश्यक सुरक्षा रणनीति तय गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन्। बैठक अहिले सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा बस्दैछ।

यसअघि बुधबार साँझ पनि गृह मन्त्रालयमा सुरक्षा सम्बन्धी आकस्मिक बैठक बसेको थियो। आज बिहान गृहमन्त्री ओमप्रकाश अर्यालले समेत सबै सुरक्षा निकायका प्रमुखसँग सिंहदरबारमा छुट्टै छलफल गरी सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएका थिए।

सिमरामा बुधबार जेनजी युवाहरूले गरेको तोडफोड, सडक अवरोध तथा आगजनीपछि स्थिति तनावपूर्ण बनेको थियो।आज फेरि परिस्थितिमा थप तनाव सिर्जना भएपछि पुनः कर्फ्यु जारी गरिएको छ।

उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै राष्ट्रिय मानव अधिकार आयोगले शान्ति–सुरक्षा सुदृढ गर्न सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ।